चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता « Khabarhub

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि सम्झौता भएको छ । चालू आर्थिक वर्षभित्रै छपाइ गर्ने गरी शुक्रबार उक्त सम्झौता भएको हो ।

‘असार मसान्तसम्म छपाइ सक्नेगरी केन्द्रसँग सम्झौता गर्‍यौँ । उहाँहरुको गति हेर्दा समयमै सम्पन्न गर्नुहुनेछ भन्नेमा विश्वस्त छौँ,’ यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।

जेन–जी आन्दोलनका क्रममा गरिइएको आगलागिबाट विभागको लाइसेन्स छपाइ गर्ने ५ मेसिनसहित अन्य संरचना जलेर ध्वस्त भएको थियो । सोसँगै विभागले नीतिगत निर्णयअनुसार नै केन्द्रलाई छपाइको जिम्मा दिएको हो ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना काभ्रेको पनौती नगरपालिका –५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षणमा पुगेका थिए । निरिक्षणका क्रममा उनले प्रयोगात्मक परिक्षा पास गरेको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गर्न निर्देशन समेत दिए ।

पहिलो चरणमा कार्तिक १२ गते केन्द्र र विभागबीच १२ लाख थान लाइसेन्स छपाइका लागि सम्झौता भएको थियो । जसमध्ये हालसम्म ४ लाख ९५ हजार ३ सय ५७ थान लाइसेन्स छपाइ भइसकेको छ । २ लाख ९ हजार ९ सय ८० थान भने छपाइ प्रक्रियामा छन ।

२९ लाख थान लाइसेन्स वर्षौदेखि छपाइ हुन बाँकी रहेकोमा त्यसबेला विभागले आर्थिक स्रोत सुनिश्चितता नभएको भन्दै १२ लाखका लागि मात्रै सम्झौता गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ६ : ३३ बजे

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका