‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा « Khabarhub

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा



काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले भारतीय चलचित्र उद्योगमा छुट्टै र दमदार पहिचान बनाएका छन् । उनको जीवनयात्रा अभिनयमा मात्रै सीमित नभई आफ्नो कला, विचार र प्रभावशाली उपस्थितिका कारण पनि लोकप्रिय छ ।

चार दशकभन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय उनी हरेक भूमिकामा पूर्ण रूपमा ढल्न सक्ने क्षमताका कारण दर्शकमाझ विशेष रूपमा लोकप्रिय छन् । कमेडी, खलनायक चरित्र होस् वा गम्भीर भूमिका नै किन नहोस्, दर्शकले उनलाई सम्मान र माया दिएकै छन् ।

थुप्रै फिल्ममा अभिनय गरिसकेका परेश रावलले बलिउडमा खलनायकदेखि हास्य कलाकारसम्मका विविध चरित्रलाई जीवन्त बनाएका छन् । उनको अभिनय शैली यथार्थपरक, तीव्र र प्रभावशाली मानिन्छ । यसले उनलाई भारतीय फिल्म उद्योगका प्रभावशाली र बहुमुखी कलाकार बनाएको छ ।

परेश रावलको जन्म ३० मे १९५० मा मुम्बईमा एक गुजराती परिवारमा भएको थियो । बाल्यकालदेखि नै उनी पढाइसँगै अभिनयतर्फ आकर्षित थिए । उनले मुम्बईको नरसी मोन्जी कलेज अफ कमर्स एण्ड इकोनोमिक्सबाट स्नातक पूरा गरेका थिए ।

कलेज जीवनमा उनी थिएटरसँग नजिकिए र त्यहीँबाट उनको अभिनय यात्रा औपचारिक रूपमा सुरु भयो । स्टेजमा देखिएको उनको आत्मविश्वास र अभिनय क्षमताले उनलाई विस्तारै फिल्म उद्योगतर्फ डोर्‍यायो, जहाँ उनले आफ्नो स्थान मजबुत बनाउन सफल भए ।

आफ्नो प्रारम्भिक दिन सम्झिँदै उनले एक पटक भनेका थिए, ‘जब म इन्डस्ट्रीमा आएँ, म बाहिरबाट आएको व्यक्ति थिएँ । मेरो कुनै गडफादर थिएन । तर त्यसबेला प्रतिस्पर्धा अहिले जस्तो कठोर थिएन र कामप्रतिको मेरो लगन नै मेरो सबैभन्दा ठूलो शक्ति थियो ।” यही लगन र निरन्तर प्रयासले उनलाई फिल्म उद्योगमा दीर्घकालीन सफलता दिलायो ।

सन् १९८४ उनको करियरका लागि महत्वपूर्ण वर्ष रह्यो । सोही वर्ष उनी दूरदर्शनको चर्चित धारावाहिक ‘चुनौती’ मा देखिए । त्यही वर्ष उनले फिल्म क्षेत्रमा पनि प्रवेश गरे । उनको पहिलो फिल्म ‘होली’ थियो, जसको निर्देशन केतन मेहताले गरेका थिए ।

यही फिल्मबाट उनले आमिर खानसँग पनि पहिलो पटक स्क्रिन शेयर गरे । आमिर खानको फिल्मी यात्रा ‘कयामत से कयामत तक’ बाट सुरु भएको भन्ने धेरैलाई लाग्छ । तर ‘होली’ बाट नै उनले अभिनय थालेका थिए । यद्यपि यस फिल्ममा उनको भूमिका सानो थियो ।

आमिर खानको फिल्मी यात्रा ‘कयामत से कयामत तक’ बाट सुरु भएको भन्ने धेरैलाई लाग्छ । तर ‘होली’ बाट नै उनले अभिनय थालेका थिए । यद्यपि यस फिल्ममा उनको भूमिका सानो थियो ।

परेश रावलको निजी जीवन पनि उत्तिकै रोचक छ । उनले पूर्वमिस इन्डिया स्वरा सम्पतसँग विवाह गरेका हुन् । स्वरा सम्पतले सन् १९७९ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् र सोही वर्ष मिस युनिभर्स प्रतियोगितामा भारतको प्रतिनिधित्व पनि गरेकी थिइन् । स्वारा मिस इन्डिया बन्ने दौडमा हुनुभन्दा अघि नै उनीहरूको पहिलो भेट भएको थियो । उनीहरुको पहिलो भेट कलेज जीवनमै भएको थियो ।

रोचक कुरा के छ भने पहिलो भेटमै परेशले उनलाई सिधै भनेका थिए कि उनी उनीसँग विवाह गर्न चाहन्छन् । त्यो बेला स्वरा पिङ्क रंगको सारी लगाएर पम्पलेट बाँडिरहेकी थिइन् । त्यसपछि करिब एक वर्षसम्म उनीहरूबीच खासै कुराकानी भएन । पछि स्वराले उनलाई एउटा नाटकमा देखिन् र उनको अभिनयबाट प्रभावित भइन्, जसपछि उनीहरूको सम्बन्ध फेरि नजिकिन थाल्यो ।

स्वराका अनुसार उनी सुरुमा मिस इन्डिया प्रतियोगितामा भाग लिन इच्छुक थिइनन्, तर परिवार र परेशको प्रेरणाले उनले भाग लिइन् र अन्ततः उपाधि पनि जितिन् । मिस इन्डिया जितेपछि परेश अलि चिन्तित भएका थिए, उनलाई लाग्थ्यो अब सम्बन्धमा परिवर्तन आउन सक्छ । तर समयसँगै सबै कुरा सहज हुँदै गयो र दुवै परिवारको सहमतिमा उनीहरूको विवाह सम्पन्न भयो । उनीहरुको दुई छोरा छन् । उनका छोरा आदित्य रावल अभिनेता हुन् भने अनिरुद्ध रावल सहायक निर्देशक हुन् ।

परेश रावलको फिल्मी करियर अत्यन्तै सफल र सम्मानित मानिन्छ । उनले आफ्नो उत्कृष्ट अभिनयका लागि राष्ट्रिय फिल्म पुरस्कार (नेशनल अवार्ड) जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । फिल्म ‘सर’ र ‘वो छोकरी’ मा देखाएको दमदार अभिनयका लागि उनलाई राष्ट्रिय पुरस्कार दिलाएको थियो । सन् २०१४ मा भारत सरकारले उनलाई पद्मश्री सम्मान पनि प्रदान गर्‍यो, जुन देशको चौथो सर्वोच्च नागरिक सम्मान हो ।

यी भूमिका सधैँ चर्चामा

उनले धेरै फिल्ममा जीवन्त अभिनय गरेका छन् । चाहे त्यो ‘हेराफेरी’ को बाबुराव गणवतराव आप्टेको भूमिका होस् वा ‘वेलकम’ मा डाक्टर घुंघरुको होस् । ‘गोलमाल फन अनलिमिटेड’ फिल्ममा उनले अन्धोपन भएका एक वृद्धको भूमिका निभाएका छन् । ‘भागम भाग’ फिल्ममा पनि उनको अभिनयलाई धेरै प्रशंसा गरेका छन् । यस फिल्ममा उनी चम्पक अर्थात् चम्पू चतुर्वेदी नामक पात्रको भूमिकामा छन् । ‘ओ माई गड’, ‘भूल भुलैया’ लगायत फिल्ममा पनि उनको अभिनयको ठूलो तारिफ भएको थियो । विभिन्न साना–ठूला भूमिका समेत जोड्दा उनले अहिलेसम्म २ सय ६० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।

अभिनयसँगै उनले राजनीतिमा पनि सक्रिय भूमिका निर्वाह गरेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा) बाट लोकसभा सांसदका रूपमा चुनिएका छन् । फिल्म र राजनीतिलाई सन्तुलनमा राख्दै उनले आफ्नो बहुआयामिक व्यक्तित्वलाई अझ मजबुत बनाएका छन् ।

परेश रावल केवल एक सफल अभिनेता मात्र होइनन्, संघर्ष, मेहनत र निरन्तरताको प्रेरणादायी उदाहरण पनि हुन् । साना भूमिकाबाट सुरु भएको उनको यात्रा आज बलिउड र राजनीतिमा उच्च स्थानसम्म पुगेको छ, जसले उनलाई भारतीय मनोरञ्जन र सार्वजनिक जीवन दुवै क्षेत्रमा एक सम्मानित व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ०७ बजे

यसरी फेरिदैछ रुपातालको रुप

गण्डकी– अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ?

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

काठमाडौँ – नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित