किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’ « Khabarhub

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी कुमारी ठाकुरले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् ।

वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा श्रेष्ठ पक्राउ परेको समाचार सार्वजनिक भएपछि उपसभामुख ठाकुरले उनलाई लक्षित गर्दै गम्भीर आरोपसहितको स्टाटस लेखेकी हुन् ।

ठाकुरले श्रेष्ठलाई ‘पत्रकारको भेषमा राक्षस’को संज्ञा दिँदै उनले श्रीसा कार्कीलाई आत्महत्या गर्न बाध्य बनाएको र अन्य युवतीलाई समेत आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौँ युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो।’ यद्यपि उनले यो पोष्ट अहिले हटाइसकेकी छन् ।

श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएका छन्। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ भने बिहीबार अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १० : ५३ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार