प्रदीप पौडेलले भने : सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसको एकता जोगाऊँ « Khabarhub

प्रदीप पौडेलले भने : सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसको एकता जोगाऊँ


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको फैसला स्वीकारेर पार्टी एकता जोगाउनु पर्न गर्ने बताएका छन् ।

पार्टीका महामन्त्री पौडेलले सर्वोच्चको उक्त निर्णयलाई हार–जीतको रूपमा व्याख्या नगर्न आग्रह गरेका छन् ।

महामन्त्री पौडेलले अदालतको फैसला कसैको हार वा जीतको विषय नभएको उल्लेख गर्दै त्यसलाई विवादका रूपमा प्रस्तुत गर्दा पार्टी एकता प्रभावित हुन सक्ने बताएका छन् ।

उनले यस्तो अवस्थामा सबै नेता, कार्यकर्ता र शुभेच्छुक सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।

उनले अब सबैलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्दै चारतारे झण्डामुनि पुनः गोलबद्ध हुन आह्वान गरेका छन् ।

यसका साथै आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र एकता सुदृढ गर्न सक्रिय हुन सबैमा उनले अपिल गरेका छन् ।

महामन्त्री पौडेलले कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पार्टी एकता कायम राख्दै आगामी महाधिवेशनतर्फ अघि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : ४८ बजे

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका