लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण « Khabarhub

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज लोकार्पण भएको छ ।  

लघुकथा समाज, नेपालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पद्मकन्या क्याम्पसका सहायक प्रमुख विमला नेपाल, साहित्यकार अनुपमा रेग्मी, सुमन घिमिरे वर्षा, समाजका अध्यक्ष तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन्।

नाट्यकर्मी मल्लले हरेक कृति र कलाको महत्व हुने बताउँदै कृतिकार अधिकारीको लेखनीले साहित्यिक क्षेत्रमा नयाँ इँटा थपिएको बताए। साहित्यकार ‘रोदन’ले समसामयिक घटना र समाजलाई बुझ्ने सन्दर्भमा कृतिकार अधिकारीमा दूरदृष्टि पाइएको बताए।

समाजका अध्यक्ष कोइरालाले लघुकथाका क्षेत्रमा नारी हस्ताक्षरको सङ्ख्या क्रमशः बढ्नु सकारात्मक रहेको बताए। कथाकार अधिकारीले आफूले देखे–भोगेका यथार्थ विषयवस्तुलाई मनको आवाज र हृदयको सन्देशका माध्यमबाट किताबमा उतारेको अनुभव सुनाए ।
 

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ३२ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय