लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण « Khabarhub

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज लोकार्पण भएको छ ।  

लघुकथा समाज, नेपालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पद्मकन्या क्याम्पसका सहायक प्रमुख विमला नेपाल, साहित्यकार अनुपमा रेग्मी, सुमन घिमिरे वर्षा, समाजका अध्यक्ष तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन्।

नाट्यकर्मी मल्लले हरेक कृति र कलाको महत्व हुने बताउँदै कृतिकार अधिकारीको लेखनीले साहित्यिक क्षेत्रमा नयाँ इँटा थपिएको बताए। साहित्यकार ‘रोदन’ले समसामयिक घटना र समाजलाई बुझ्ने सन्दर्भमा कृतिकार अधिकारीमा दूरदृष्टि पाइएको बताए।

समाजका अध्यक्ष कोइरालाले लघुकथाका क्षेत्रमा नारी हस्ताक्षरको सङ्ख्या क्रमशः बढ्नु सकारात्मक रहेको बताए। कथाकार अधिकारीले आफूले देखे–भोगेका यथार्थ विषयवस्तुलाई मनको आवाज र हृदयको सन्देशका माध्यमबाट किताबमा उतारेको अनुभव सुनाए ।
 

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ३२ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई