उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले भोट हाल्न पाउने | Khabarhub Khabarhub

उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले भोट हाल्न पाउने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र अन्य दुई नगरपालिकाका तीन वडामा हुने उपनिर्वाचनमा ती मतदाताले भाग लिनसक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो ।

जिल्लामा पिपराबाहेक बलवा नगरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ मा वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ । जसमा पिपरा गाउँपालिकाका लागि १८ हजार ५०४, बलवा–२ मा एक हजार ५५४, बलवा–८ मा एक हजार ५८३ र मटिहानी–८ मा एक हजार ६९ मतदाता रहेको कार्यालयले जनाएको हो ।

पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाध्यक्ष सञ्जयकुमार मण्डलले राजीनामा दिएपछि रिक्त भएका यी चार पदका लागि उपनिर्वाचन हुनलागेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिए ।

उपनिर्वाचन प्रयोजनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत महोत्तरीका न्यायाधीश विष्णु सुवेदी तोकिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पिपरामा स्थापना गरिएको छ । त्यसैगरी बलवाका दुई वडा र मटिहानीको एक वडाको उपनिर्वाचन प्रयोजनका लागि पनि निर्वाचन अधिकृत तोकिसकिएको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा पिपरा गाउँपालिकामा १५ मतदानस्थलमा २४ मतदान केन्द्र, बलवामा दुई वडामा एक/एक मतदानस्थलमा दुई–दुई मतदान केन्द्र एवं मटिहानीको एउटा वडाको उपनिर्वाचनका लागि पनि एक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी झाले बताए।

चारवटै पदका लागि हुने उपनिर्वाचनमा यही कात्तिक २७ गते उम्मेदवारले मनोनयनपत्र दाखिला गर्ने समय तोकिएको छ । चुनावका लागि मनोनयनपत्र दाखिला गर्ने समय नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छान्ने अन्तिम कसरतको अभ्यासमा व्यस्त देखिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : २४ बजे

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन

अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा

युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा: जापान

किएभ – जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली