राप्ती नदीमा भेटियो १७ घडियालको गुँड « Khabarhub

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

चितवन– राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो ।
 
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक वर्ष चैतमा गुँड खोजेर वैशाखमा ती गुँडबाट अण्डा सङ्कलन गरिन्छ । उहाँका अनुसार अण्डा सङ्कलनको काम यही वैशाख १० गतेदेखि सुरु गरिने छ ।
 
उनले भने, ‘अहिले गुँड पहिचानको काम सकिएको छ । अब हामीले कुन कुन गुँडबाट अण्डा निकाल्ने भन्ने छलफल गरेर अण्डा सङ्कलन गर्छौँ ।’ 

गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए । 

यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको हो । निकुञ्जको प्रजनन केन्द्रमा गोहीको अण्डाबाट चल्ला निकालिए पछि ती चल्ला हुर्काएर पुनः नदीमा छोड्ने गरिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : ३६ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई