लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न « Khabarhub

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन चेतनाका विविध कार्यक्रम आयोजना गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले ३१औँ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न गरेको छ ।

सप्ताह कार्यक्रमअन्तर्गत जनचेतनामूलक र्‍याली तथा प्रवचन र जङ्गलको अवलोकनसमेत लागायतका कार्यक्रम आयोजना गरिएका थिए ।

सो अवसरमा वन, वन्यजन्तु तथा समग्र जैविक विविधता संरक्षणको महत्व, वन वनस्पति र मानवप्रति गरिने सम्बन्धलगायतका विषयमा जागरण गराइएको सो कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, संरक्षण अभियन्ता, स्थानीय बासिन्दा, विभिन्न सङ्घ–संस्था, निकुञ्ज कर्मचारी तथा वन्यजन्तु सुरक्षामा अहोरात्र खटिने नेपाली सेनाको सक्रिय सहभागिता रहेको थियो ।

जङ्गल क्षेत्रमा प्रवेश गर्दा निकुञ्जको अनुमति अनिवार्य लिनुपर्ने, वनस्पति काट्न वा नास्न नपाइने, वन वनस्पति नासे मासेमा त्यसबाट हुने असरको चेतना अभिवृद्धि गराउँदै समग्र जैविक विविधताको संरक्षण, वन्यजन्तुप्रति सकारात्मक व्यवहार अपनाउने तथा साथी लिएर मात्र जङ्गल प्रवेश गर्ने संस्कार विकासमा टेवा पुगेको जनाइएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले समुदायको सहभागिता बढ्दै जाँदा संरक्षण अभियान अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । रसुवा, नुवाकोट तथा सिन्धुपाल्चोक जिल्लासम्म फैलिएको निकुञ्ज क्षेत्रमा पछिल्लो समय सुरक्षा र संरक्षण गतिविधि प्रभावकारी बन्दै गएको छ ।

निकुञ्जका रेञ्जर केशव ढोडारीले हिमाली भेकको जैविक विविधता संरक्षण काम भइरहेको बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लागू गरेपछि संरक्षित क्षेत्र व्यवस्थापन व्यवस्थित हुँदै हो । हाल नेपालमा १३ राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र तथा दुई वन्यजन्तु सिकार आरक्ष रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ११ : १० बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने