अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा कार्यालय धुम्बाराहीमा राखिने « Khabarhub

अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा कार्यालय धुम्बाराहीमा राखिने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शनिवार राति निधन भएको छ । ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको शनिबार राति निधन भएको चिकित्सकले घोषणा गरेका थिए ।

नेकपा नेता कृष्णगोपाल श्रेष्ठले नेता अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा आज(आइतबार) बिहान ९ देखि १२ बजेसम्म राखिने जानकारी गराएका छन् ।

२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए ।

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए । मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले आफ्नो गाउँ आफैं बनाउ, वृद्ध भत्ता स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था गरेका थिए ।

अधिकारीका तीन छोरी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ७ : ४० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा