पोखरामा निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट « Khabarhub

पोखरामा निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरास्थित राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा विस्फोट भएको हो ।

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विस्फोट भएको खबर आउनासाथ प्रहरी घटनास्थलमा पुगेको बताए । उनले विस्फोट भएको भनिएको स्थानमा प्रहरीले पटकाको बारुदजस्तो बस्तु देखेको प्रतिक्रिया दिए ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ । त्यअघि निर्वाचन अधिकृतको कार्यालय नजिक बम बिस्फोट भएको हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेको केही समय पछि बम विस्फोटको आवाज आएको नेकपाका एक स्थानीय नेताले बताए । भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छिन् ।

बम विस्फोटको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ११ : ४६ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्