पोखरामा निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट « Khabarhub

पोखरामा निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरास्थित राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा विस्फोट भएको हो ।

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विस्फोट भएको खबर आउनासाथ प्रहरी घटनास्थलमा पुगेको बताए । उनले विस्फोट भएको भनिएको स्थानमा प्रहरीले पटकाको बारुदजस्तो बस्तु देखेको प्रतिक्रिया दिए ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ । त्यअघि निर्वाचन अधिकृतको कार्यालय नजिक बम बिस्फोट भएको हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेको केही समय पछि बम विस्फोटको आवाज आएको नेकपाका एक स्थानीय नेताले बताए । भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छिन् ।

बम विस्फोटको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ११ : ४६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी