पिक एण्ड ड्रप : सवै ठाउँमा लागू गर्दै काठमाडौं महानगर, यात्रु भन्छन् झन सास्ती ! « Khabarhub

पिक एण्ड ड्रप : सवै ठाउँमा लागू गर्दै काठमाडौं महानगर, यात्रु भन्छन् झन सास्ती !


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका बढी जाम हुने तथा यात्रुको चाप हुने क्षेत्रमा सवारी अस्तव्यस्ततालाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘पिक एण्ड ड्रप अभियान’लाई विस्तार गरिने भएको छ ।

पहिलो चरणमा उपत्यकाका व्यस्त सडकहरु भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, सुन्धारा, एनएसी, रत्नपार्क लगायत केही क्षेत्रमा ‘पिक एण्ड ड्रप’ अभियान सञ्चालन गरिएको हो भने अब महानगरपालिकाले अन्य क्षेत्रमा पनि चाँडै लागू गर्ने जनाएको छ । तर, पिक एण्ड ड्रप अभियानले झन सास्ती भएको यात्रुको गुनासो छ ।

केहीदिन अघि पुरानो बसपार्कस्थित थानकोटबाट आएको माइक्रोबसमा विवाद भइरहेको थियो । सहचालक यात्रुलाई सम्झाउँदै थिए, यात्रु चर्को आवाजमा कराइरहेका थिए । त्यही समयमा एक महिला यात्रुले भनिन्, ‘सुन्धारामै रोकिदिनुस् भनेको किन यहाँ ल्याइपुर्याएको ?

माइक्रोबसभित्र अन्य यात्रुले पनि उस्तै गनगन गर्दै थिए । चालक र सहचालक भने उनीहरुलाई सम्झाउँदै भन्दै थिए– ‘पिक एण्ड ड्रप लागू भएको छ, रोक्न मिल्दैन ।’ पिक एण्ड ड्रप अभियानले केहीहदसम्म यातायात व्यवस्थापनमा सहज बनेको होला, त्यसलाई नकार्न नमिल्ला । तर पिक एण्ड ड्रप अभियान कस्को सहजताका लागि ? यात्रुका लागि हो भने यात्रुकै गनगन किन ? उपयुक्त उत्तर भेटिंदैन  ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल दाबी गर्छन्, ‘ चालकले सवारी साधनमा पहिले कोचाकोच यात्रु हाल्थे, अहिले त्यस्तो छैन । जाम पनि घटेको छ ।’ यता यात्रु भने यो मान्न तयार छैनन् । भन्छन्- ‘चालकले सवारी साधनमा  ठाउँ भएसम्मै जहाँपायो त्यही रोकेर यात्रु काेचिरहकै छ,  झार्ने बेला मात्रै नियम लाग्छ ।’ उनीहरु थप्छन्  ‘नियम यात्रुका लागि कि चालकलाई पनि ? होइन भने ‘ड्रप’ लागू हुने ‘पिक’मा किन मनपरी ?’

त्यस्तै भृकुटीमण्डप क्षेत्रमा पनि पिक एण्ड ड्रप गर्न नमिल्ने भएपछि यात्रुहरु आक्रोशित देखिन्थे । ‘भृकुटीमण्डपमा पहिले सवारी साधन चढ्न मिल्थ्यो, अहिले एनएसी पुग्नुपर्छ ।’ जोरपाटी अत्तरखेलका एक युवकले भने ।

कहाँ चढ्ने, कहाँ झार्ने ?

उपत्यकाको निकै व्यस्त ठाउँहरु रत्नपार्क, भृकुटीमण्डप, शहीदगेट, सुन्धारा, एनएसी, न्यूरोड लगायतका क्षेत्रलाई लक्षित गर्दै गत पुस १ गतेबाट पिक एण्ड ड्रप नियम लागू भएको हो । महानगरका प्रबक्ता डंगोल भन्छन्  ‘ अन्य स्थानमा पनि सर्वेक्षण गरिरहेका छौँ, छिट्टै लागू हुनेछ ।’

महानगरले ल्याएको यो व्यवस्था अन्तर्गत साझा यातायात गोदावरी, लगनखेल, वुङमती, इमाडोल, हरिसिद्धी, धुलिखेल, नारायणस्थान आदि स्थानमा चल्ने बस एनएसीमा रोक्नुपर्ने व्यवस्था छ ।

त्यस्तै शिवपुरी बुढानिलकण्ठ सेवाको सातदोबाटो, ललितपुर यातायातको पाटनढोका, नेपाल यातायातको वोडे–गोठाटार, जनता यातायात, किपु यातायातको कलंकी, नखिपोट यातायातको शहिदगेट हुँदै लगनखेल–नखिपोट–सिभिलहोमसम्म र धुम्रवराह यातायातको त्रिपुरेश्वर–थापाथली–जाउलाखेल–कलंकी आदि रुटका बसले यात्रुलाई चढाउन र ओराल्ने पाउने नियम भृकुटीमण्डपस्थित बस बिसौनी तोकिएको छ ।

त्यस्तै एनएसीबाट सातदोबाटो, सुकेधारा, ठमेल, जोरपाटी, खरिबोट–पाटीटार, साथै नयाँ बसपार्क जाने माइक्रोबस र बानेश्वर, कोटेश्वर, भक्तपुर, जाने साझा बस साथै धुम्रवराह यातायातले पनि यात्रुलाई पिक एण्ड ड्रप गर्न पाउने व्यवस्था छ ।

यो व्यवस्थासँगै एनएसीमा हाल गोल्फुटार, टिचिङ, बानेश्वर, अनामनगर लगायतका स्थानमा  चल्ने टेम्पोले यात्रु चढाउन र झार्ने गर्छन् । त्यस्तै  सातदोबाटो, सुकेधारा जाने केही बसहरु, ठमेल लगायत नयाँ बसपार्क जाने माइक्रोहरु र बानेश्वर, कोटेश्वर, भक्तपुर जाने साझा बसले पनि  एनएसीमै यात्रु झार्ने र चढाउने  गर्छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : ४९ बजे

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिर)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा भजनकीर्तनसहित गङ्गा आरती गरिएको