मनहरी गाउँपालिकामा करदाता सेवा सुरु « Khabarhub

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ । 
    
सङ्घीय सरकारले करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि मनहरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो । 

आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त गरेका तीन जना कर्मचारी र अन्य प्रविधि तथा उपकरण व्यवस्थापन गरी करदाता सेवा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । 
    
अध्यक्ष कालाखेतीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने, प्यान रूपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी काम हुनेछ । 

यसका साथै अन्तःशुल्कसम्बन्धी इजाजत जारी तथा नवीकरण प्रक्रियाका लागि कागजात संकलन र प्रारम्भिक प्रमाणीकरण पालिकाबाटै गरी अन्तिम स्वीकृति आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुने अध्यक्ष कालाखेतीले बताए। 

गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन भएपछि पालिकाभित्रका करदाताहरूलाई हेटौँडा धाउनुपर्ने बाध्यता हट्नुका साथै करदातालाई समय र खर्चसमेत बचत हुने उनको विश्वास छ ।   

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १२ : ४७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच