सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित « Khabarhub

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा हुने गरेको गम्भीर तथ्य सार्वजनिक भएको छ । कानुनले सम्मानजनक प्रसूति सेवाको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा महिलाहरू विभिन्न प्रकारका दुर्व्यवहार र हिंसाको शिकार भइरहेका छन् ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले नेपालभर गरेको ‘गर्भावस्था, प्रसव र प्रसवोत्तर अवधिमा महिलामाथि हुने दुर्व्यवहार, हिंसा तथा अधिकार उल्लंघन’ सम्बन्धी अध्ययनले यस्तो अवस्था देखाएको हो । अध्ययनअनुसार गर्भावस्था, प्रसव र प्रसवोत्तर अवस्थाका एकतिहाइभन्दा बढी महिलाले कुनै न कुनै प्रकारको हिंसा भोग्नु परेको छ ।

एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठका अनुसार अधिकांश महिलाहरू आफ्नै परिवारभित्रबाट हिंसामा पर्ने गरेका छन् । ‘धेरैजसो गृहिणी महिलाहरू परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान्बाटै हिंसाको शिकार भएका छन्,’ उनले भने, ‘भावनात्मक हिंसा सबैभन्दा बढी देखिएको छ।’ उनका अनुसार ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा हिंसाको दर बढी देखिएको छ भने मधेश प्रदेशका गर्भवती महिला र सुदूरपश्चिमका प्रसव तथा सुत्केरी महिलाले बढी भावनात्मक हिंसा भोगेका छन् ।

अध्ययनले सातै प्रदेशका १४ जिल्लाअन्तर्गत २८ स्थानीय तहमा गरिएको सर्वेक्षणका आधारमा तथ्यांक प्रस्तुत गरेको छ । जसअनुसार ३८.४ प्रतिशत गर्भवती, ३७.९ प्रतिशत प्रसवमा रहेका र ३५.९ प्रतिशत प्रसवोत्तर महिलाले हिंसा भोगेका छन् । त्यसमध्ये ३०.७ प्रतिशत गर्भवती, ३२.७ प्रतिशत प्रसवमा रहेका र ३० प्रतिशत प्रसवोत्तर महिलाले भावनात्मक हिंसा भोगेका छन् ।

त्यसैगरी ४.५ प्रतिशत गर्भवती, ३.२ प्रतिशत प्रसवमा रहेका र ४.५ प्रतिशत प्रसवोत्तर महिलाले शारीरिक हिंसा तथा १६.१ प्रतिशत गर्भवती, ९.५ प्रतिशत प्रसवमा रहेका र १६.४ प्रतिशत प्रसवोत्तर महिलाले यौन हिंसा भोगेका छन् । हिंसा गर्नेमा परिवारका सदस्य र नातेदार प्रमुख रहेको अध्ययनले देखाएको छ ।

एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले यस्तो अवस्थाको व्यवस्थित दस्तावेजीकरण आवश्यक रहेको बताए । उनले प्रसूति तथा सुत्केरी महिलाले आत्मसम्मानका साथ सेवा उपभोग गर्न पाउने वातावरण निर्माण गर्न कानुन, नीति, योजना र कार्यक्रमहरूमा सुधार गर्नुपर्नेमा जोड दिए ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा ६ ९२० अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले सम्मानजनक प्रसूति सेवा प्रदान गर्नुपर्ने व्यवस्था छ । तर अध्ययनले कानुनी व्यवस्था र व्यवहारबीच अझै ठूलो अन्तर रहेको देखाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : १७ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय