बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ « Khabarhub

बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेताहरूले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकतालाई बदल्नुपर्ने धारणा राखेका छन् ।  

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेताहरूले पार्टीलाई नयाँ जीवन प्रदान गर्न र नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सत्ताकेन्द्रित र केन्द्रमुखी मानसिकतालाई बदल्नै पर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आत्मसमीक्षा, रुपान्तरण र एकताबद्ध हुने नयाँ अभियानका लागि सबैले संकल्प गर्नुपर्ने बताए ।

उनले अहिले नेपालमा समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको अवस्थामा समाजवादको विजयको निम्ति आन्तरिक रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न जरुरी रहेको उल्लेख गरे ।  ‍

आन्तरिक रूपमा र बाह्य रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न नसकेका कारण अराजकतावादले आफूहरूलाई परास्त गरेको उनले बताए । 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : १४ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित