लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु « Khabarhub

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।

रिपोर्टका अनुसार, सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा एउटा गाडीलाई लक्षित गरी गरेको इजरायली आक्रमणका कारण गाडी भित्र रहेका दुई जनाको मृत्यु भएको थियो ।

इजरायली सेनाले दक्षिणी लेबनानमा दुईवटा गाडीलाई लक्षित गरि आक्रमण गरेको बताएको छ । यसैबीच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीलाई उदृत गरी अल जजिराले रिपोर्ट गरे अनुसार, एट–टिरी गाउँको भवनमा भएको हवाई आक्रमणमा एक जना पत्रकारको घाइते भएको केही समय पछि मृत्यु भएको हो  । 

लेबनानका सूचना तथा सञ्चार मन्त्री पल मोर्कसले पत्रकारहरूमाथि भएको इजरायली आक्रमणको निन्दा गरेका छन् ।

सामाजिक सञ्जालमा मोर्कसले पत्रकारहरूको सुरक्षा र कामको स्वतन्त्रताको ग्यारेन्टी तुरुन्तै सुनिश्चित गर्ने आवश्यकतालाई पुष्टि गर्दै यस घटनाको जिम्मेवार इजरायल भएको बताएका छन् ।

यस अघि, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हिज्बुल्लाहले युद्धविराम उल्लङ्घन गरेको दाबी गरेपछि दक्षिणी लेबनानमा आफ्नो सेना र वायुसेनाले आक्रमण गरेको बताएको थियो ।

आईडीएफले विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानको सालुकी क्षेत्रमा घटना भएको बताएको छ, जहाँ आईडीएफले सम्भावित खतरा पत्ता लगाएको दाबी गरेको छ ।  

सेनाले स्थितिलाई नियन्त्रण गर्न हवाई आक्रमणको जवाफ दिएको र हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गर्ने प्रयाससहित यस क्षेत्रमा अपरेसन जारी रहेको बताएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १२ : ५२ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित