गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने « Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आज यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी यही वैशाख २६ र २७ गते व्यास नगरपालिका-३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको समूह छनोटका लागि यहाँ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । प्रतियोगिताबाट गण्डकी प्रदेशको महिला र पुरुषको सशक्त समूह छनोट गरिने उनले बताए ।

उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँ आएर खेल्नैपर्छ । यहाँ खेलेका खेलाडीबाट समूह बनाइनेछ ।’

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ । दक्ष भलिबल खेलाडी उत्पादन र क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले उल्लेख गरे ।

उनले भने, ‘तनहुँमा भलिबल निकै लोकप्रिय खेल हो । यसले खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ ।’

छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिने समितिका अध्यक्ष पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी दुई सय ४० खेलाडी, २० प्रशिक्षक, २० अफिसियल उपस्थित हुनेछन् । कार्यक्रम सम्पन्न गर्नका लागि रु २५ लाख ४६ हजार लाग्ने अनुमान गरिएको छ । खर्च व्यवस्थापन गण्डकी प्रदेश खेलकुद परिषद् र अन्य सरोकार भएका निकायबाट गरिने पाण्डेले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ८ : ४६ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा