आलमको थुनछेक बहस सकिएन, बिहीबार पनि प्रहरी हिरासतमै रहने « Khabarhub

आलमको थुनछेक बहस सकिएन, बिहीबार पनि प्रहरी हिरासतमै रहने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोमम्मद अफताब आलमको थुनछेक बहस शुक्रबार पनि जारी हुने भएको छ ।

बिहीबार दिउँसोदेखि बहस शुरु भएकोमा अदालती समय सकिएपछि भोलि (शुक्रबार)का लागि बहस सारिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

बिहीबार नेपाल सरकारका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरे ।

बिहीबार महान्यायाधीवक्ताको कार्यालयबाट गएका सहन्यायाधीवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बहस गरे ।

अब बादी (नेपाल सरकार)का तर्फबाट २ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको श्रेस्तेदार पराजुलीले जानकारी दिए ।

आलमको तर्फबाट बहस गर्न भने २८ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका छन् । यस्तै, जाहेरीकर्ता (पीडित) पक्षबाट बहस गर्नका लागि ९ जनाले वकालतनामा दर्ता गराएका छन् ।

बिहीबार बहस नसकिएका कारण आलमलाई शुक्रबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ ।

२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबी सहित सोमबार अभियोग पत्र दायर गरेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १ जनालाई मतियारको रुपमा प्रस्तुत गरी अभियोग पत्र दायर गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : १६ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो