चेन्नईका सन्जु सामसनको विष्फोटक शतक, मुम्बईको लज्जास्पद हार « Khabarhub

चेन्नईका सन्जु सामसनको विष्फोटक शतक, मुम्बईको लज्जास्पद हार

वानखेडेमा चेन्नईको जित: मुम्बई १०३ रनले पराजित


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

वानखेडे – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १०३ रनको सानदार जित दर्ता गरेको छ । वानखेडे स्टेडियममा भएको एकतर्फी प्रतिस्पर्धामा चेन्नईले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा मात्र १०४ रनमा समेटियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । चेन्नईको जितको नायक कप्तान सन्जु सामसन रहे । उनले मात्र ५४ बलमा अविजित १०१ रनको शतकीय इनिङ्स खेले । आफ्नो पारीमा उनले मुम्बईका बलरहरूलाई निरिह बनाएका थिए ।

२०८ रनको लक्ष्यसहित मैदान उत्रिएको मुम्बईको ब्याटिङ सुरुदेखि नै धर्मराएको थियो । चेन्नईका बलरको सटिक बलिङ र चुस्त फिल्डिङसामु मुम्बईका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । मुम्बईका लागि कुनै पनि ठूलो साझेदारी बन्न सकेन र टोली १०४ रनमै अलआउट हुन पुग्यो ।

ब्याटिङमा शतक प्रहार गर्नुका साथै दुईवटा क्याच समेत लिएका सन्जु सामसन ‘प्लेयर अफ द म्याच’ बने । यो जितसँगै चेन्नई चेन्नई पाँचौँ स्थानमा उक्लिएको छ । खराब लय जारी रहेको मुम्बई अहिले तालिकाको आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : १३ बजे

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट