एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर « Khabarhub

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।

संघीय संसदीय दलको कार्यालय सिंहदरबारबाट जारी पत्रअनुसार दलका नेता राम बहादुर थापा मगरले महरलाई शुक्रबारदेखि लागू हुने गरी प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

दलको विधान, २०७७ बमोजिम मनोनयन गरिएको उल्लेख गर्दै उनलाई आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

यससम्बन्धी जानकारी संघीय संसद सचिवालयलाई समेत गराइएको एमालेले जनाएको छ । अनेरास्ववियुका पूर्वअध्यक्ष महर फागुन २१ को निर्वाचनमा बझाङबाट विजयी भएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : ५९ बजे

अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न

काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति

लागूऔषधविरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको

थापाथलीका सुकुम्बासी : कसैलाई लजमा बस्न सङ्कोच, कोही अपार्टमेन्टमा नसर्ने, कसैले पाएनन् कोठा

काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली

सरकारलाई श्रम संस्कृतिका नेताको प्रश्न : सुकुम्बासीलाई लजमा हनिमुन मनाउन लैजान लागेको हो ?

काठमाडौं- सरकारले यही शनिबार बिहान ६ बजेदेखि काठमाडौं महानगरपालिकाभित्रका सुकुम्बासी