सरकारका प्रवक्ता भन्छन् : सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन « Khabarhub

सरकारका प्रवक्ता भन्छन् : सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको खोला किनारका सुकुम्वासी बस्तीलाई बल प्रयोग गरेर खाली गराउन निर्देशन दिइरहेका बेला प्रवक्ताले भने फरक कुरा गरेका छन् ।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले उपत्यकाका सुकुम्वासी बस्ती हटाउँदा जबरजस्ती डोजर प्रयोग नगरिने जवाफ दिएका छन् ।

उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

पोखरेलले सुकुम्वासीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने योजनासहित सरकारले आवश्यक प्रक्रिया बढाइसकेको पनि बताएका छन् । उनले जबरजस्ती बल प्रयोग गरेर हटाउने योजना पनि सरकारको नरहेको उल्लेख गरेका छन्।

पोखरेलले वर्षेनि डुबानको जोखिम भइरहने सुकुम्बासी बस्ती स्थानान्तरण गरेर व्यवस्थित रुपमा राखिने पनि बताएका छन् ।

उनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर आवश्यक व्यवस्थापन गर्ने तयारी गरिसकेको पनि जानकारी दिएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : ०८ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित