११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते   « Khabarhub

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का ३५० घटना दर्ता भएका छन् । 

ती घटनामा परी २० जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् । यस अवधिमा ५०३ परिवार प्रभावित भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा बढी घटना आगलागीका रहेका छन् । ११ दिनमा मात्रै २०७ आगलागीका घटना हुँदा ६ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । आगलागीकै कारण २ सय ४२ परिवार प्रभावित भएका छन् । सुख्खा मौसम, बढ्दो तापक्रम र हावाहुरीका कारण आगलागीका घटना उच्च देखिएको सरोकारवाला निकायको भनाइ छ।

त्यस्तै, वन डढेलोका घटना पनि उल्लेखनीय रूपमा बढी देखिएका छन् । यस अवधिमा १०७ वटा वन डढेलो लागेका छन्, जसबाट १७ परिवार प्रभावित भएका छन् । त्यस्तै यो अवधिमा बाढीका २८ घटनामा ४ जनाको मृत्यु र ७ जना घाइते भएका छन् । चट्याङका ९ घटनामा ३ जनाको मृत्यु र ४ जना घाइते, सर्पदंशका १८ घटनामा १ जनाको मृत्यु र १७ जना घाइते भएका प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

लेक लाग्ने २ घटनामा १ जना, डुबानका ९ घटनामा २ जना, पहिरोका २ घटनामा १ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : ३३ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित