जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व « Khabarhub

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले जीवन बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा झण्डै २२ अर्ब जीवन बीमा व्यवसायमा वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

गत आर्थिक वर्षमा बीमा व्यवसाय गर्ने १४ जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुल ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै पहिलो स्थानमा रहन सफल भएको छ । 

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी, समीक्षा अवधिमा हिमालयन लाइफले १८ अर्ब ५६ करोड र सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार लघु जीवन बीमातर्फ कुल १ अर्ब २१ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । त्यस्तै, वैदेशिक रोजगार म्यादी जीवन बीमामार्फत ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ संकलन भएको देखिन्छ । असार मसान्तसम्ममा देशभर कुल सक्रिय बीमालेखको संख्या १ करोड ६७ लाख ९२ हजार २३० पुगेको छ ।

बीमा व्यवसायको बिस्तारमा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठुलो देखिएको छ । बागमती प्रदेशबाट मात्रै ८६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

अन्य प्रदेशहरूमा, लुम्बिनी प्रदेशबाट ३३ अर्ब रुपैयाँ, कोशी प्रदेशबाट २५ अर्ब १६ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट २१ अर्ब ३० करोड रुपैयाँ, मधेश प्रदेशबाट १९ अर्ब १३ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १२ अर्ब ८१ करोड रुपैयाँ र कर्णाली प्रदेशबाट ६ अर्ब २१ करोड रुपैयाँ बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानी गरेका छन् ।

तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बीमाको पहुँच र व्यवसाय अन्य प्रदेशको तुलनामा निकै कम देखिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ५ : २६ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि