महराको कारागार बास– रगतमा कोलेस्ट्रोलको मात्रा बढ्यो ! | Khabarhub Khabarhub

महराको कारागार बास– रगतमा कोलेस्ट्रोलको मात्रा बढ्यो !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराले कारागार बसाइको क्रममा आफू अस्वस्थ हुँदै गएको बताएका छन् ।

आफूलाई भेट्न आउन आफन्तसँगको कुराकानीमा क्रममा महराले आफ्नो स्वास्थ्य गम्भीर बन्दै गएको बताउने गरेका छन् ।

भेट्न आउनेहरुलाई महराले भन्ने गरेका छन्, ‘रगतमा कोलेस्ट्रोलको मात्रा बढ्दा पहिला पनि यस्तै समस्या हुन्थ्यो । स्वास्थ्यले समस्या दिइरहेको छ ।’

जिल्ला अदालत काठमाडौं आदेशानुसार डिल्लीबजार कारागारमा रहेका महरालाई भेट्न बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ पनि पुगेका थिए ।

आफूसँगको भेटका क्रममा पनि महराले स्वास्थ्य समस्याकै बारेमा बढी कुरा गरेको गुरुङले खबरहबलाई जानकारी दिए ।

‘उहाँले रक्चचाप बढेको, कोलेस्ट्रोल पनि बढेको भनेर सुनाउनुभयो,’ गुरुङले भने, ‘महराजी चिन्तित देखिनु भयो ।’

महराले आफूसँग कानूनी परामर्श पनि लिएको गुरुङले जानकारी दिए । ‘महराजीले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिने विषयमा कुरा गर्नुभयो,’ गुरुङले भने, ‘जिल्ला अदालतको आदेश बेरितको लागे पुनरावेदनका लागि निवेदन दिन पाउने कानूनी व्यवस्था छ । मैले पनि उहाँलाई सोही सल्लाह दिए ।’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : २२ बजे

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो