पर्यटकको पर्खाइमा थोरङ फेदी « Khabarhub

पर्यटकको पर्खाइमा थोरङ फेदी


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् । मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन् ।

गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लालाई राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग भनिन्छ । हप्तौँहप्ता लाग्ने यही पदमार्ग अहिले सडक सञ्जालका कारण छोट्टिदै जान थालेको छ । सडक कनेक्टिभिटीले राउन्ड अन्नपूर्ण सर्किटका धेरै ठाउँको पदयात्रा खुम्चिँदै गरे पनि (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग जीवन्त छ । थोरङपास पदमार्ग साहसिक पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

बर्सेनि ६ महिना निकै चहलपहल हुने थोरङलापास पदमार्ग ६ महिना अवधि भने सुनसान हुन्छ । वर्षको याम चल्ने थोरङलापास पदमार्गमा फ्रेब्रअरीदेखि अप्रिलसम्म र सेप्टेम्बरदेखि अक्टुबरसम्म विदेशी पर्यटकको पदयात्रा चलायमान हुने गर्छ । साहसिक पदयात्राका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको थोरङलपास पदमार्ग रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्राका रूपमा लिने गरिएको छ ।

बर्सेनि हिउँदयामको पूर्वसन्ध्या तीन महिना र बर्खायामको पूर्वसन्ध्या तीन महिनामात्रै थोरङलापासमा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् । यही पदयात्राको सिजनलाई पछ्याउँदै मनाङ–मुस्ताङ थोरङ फेदीमा पछिल्लो समय आठवटा पर्यटक लक्षित होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । सिजनका बेला होटल चलाउने र अफसिजनको बेला होटल बन्द गरी त्यहाँका पर्यटन व्यवसायी आफ्नो गन्तव्यतर्फ लाग्छन् । टङ्की मनाङबाट थोरङ फेदीमा तीन वर्षदेखि होटल चलाउँदै आएकी नामगाम गुरुङले थोरङफेदीको अल्पकालीन व्यापार सन्तोषजनक रूपमा चलेको बताइन् । बर्खायाममा गाउँ फर्किने र हिउँदयाममा काठमाडौँ झर्ने गरेकी व्यवसायी गुरुङले सिजनको समय थोरङफेदीमा बसेर व्यापार गर्ने गरेको बताइन् ।

थोरङ फेदीमा होटल चलाएर बसेका डोल्पाका अर्का पर्यटन व्यवसायी छेवाङ गुरुङले थोरङलापास पदयात्राको सिजनमा व्यापार गरी बस्ने र अन्य समयमा गाउँमै गएर खेतीपातीको काम गर्ने गरेको बताए । समुद्री सतहको चार हजार २०० मिटरको उचाइमा अवस्थित थोरङफेदीको प्रतिकूल मौसमलाई सहँदै व्यापार व्यवसाय चलाएर बसेको गुरुङको भनाइ छ ।

केही वर्षअघि मनाङ–मुस्ताङ पदमार्ग थोरङलापासको थोरङ फेदीसम्म सडकको पहुँच पुगेको थिएन । पछिल्लो समय वारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुर हुँदै थोरङ फेदीसम्म कच्ची सडक विस्तार भइसकेको छ । सडकको पहुँच पुगेकाले खाद्यान्न तथा होटल रेष्टुरेन्टलाई चाहिने मालसामान ढुवानी गर्न सहज भएको छ । दुई ठूला विशाल अग्ला पहाडको खोंचमा अवस्थित थोरङ फेदीमा पर्यटक पर्खिएर बसेका व्यवसायी अफसिजन हुँदा होटल बन्द गरी त्यहाँबाट अन्यत्र जाने चलन छ ।

थोरङपासमा एउटा कफीसप सञ्चालनमा छ भने त्यहाँबाट चार घण्टा पैदल हिँडेपछि थोरङफेदीमा आठ दशवटा होटल छन् । थोरङफेदीमा सबै होटल बन्द हुने भए पनि एउटा होटल भने बाह्रै महिना सञ्चालनमा रहन्छ ।

मनाङ–मुस्ताङ थोरङपास गर्दै मुस्ताङ प्रवेश गरेकी सोलुखुम्बकी १९ वर्षीया पर्यटक पथप्रर्दशक बिबिसा रावतले १० दिनको पदयात्रा गर्दै थोरङफेदी आइपुगेको बताइन् । थोरङपास पदमार्ग जोखिम र साहसिक पदयात्रा भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : १७ बजे

मनोहरा किनारको सुकुमबासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचनामा आज

पेप्सीकोलामा मध्यरातमा आठ सवारीसाधन तोडफोड, एक जना पक्राउ

काठमाडौँ – काठमाडौँको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यरातमा एक समूहले पार्किङ

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको