प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने « Khabarhub

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’ आठ भाषामा प्रदर्शन हुने भएको छ ।

नायिका कार्कीका अनुसार नेपालीसहित हिन्दी, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारी गरिएको छ ।

यस फिल्मको नेपालका लागि प्रदर्शन मिति भदौ १२ गतेलाई तोकिएको छ ।

यही फिल्मको पोस्ट प्रोडक्सनका कामका लागि उनी भारतमा छिन् । यही दौरान उनले बलिउड नायक अनिल कपुरलाई भेटको तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ ।

उनकै होम ब्यानर ‘आयंका फिल्मस्’ले यो फिल्म बनाएको हो ।

भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको यस फिल्ममा नायिका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौं कलाकारको अभिनय रहेको छ ।

प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता जिम्मेवारीमा छन् । कथा कार्कीको हो भने स्क्रिप्ट सान बस्नेतले लेखेका हुन् । कार्की र बस्नेत दुवैले संवाद लेखेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : ०५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक