बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना « Khabarhub

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १० बजेदेखि डोजर चलाइएको छ । डोजर परिचालन भएसँगै त्यहाँ रहेका टहरा, पसल तथा अस्थायी संरचना हटाउने काम सुरु गरिएको हो ।

बुटवल उपमहानगरपालिकाले उच्च अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फ रहेको सरकारी जग्गा खाली गराउने अभियान अघि बढाएको जनाएको छ । डोजर चल्ने सूचना पाएपछि बिहानैदेखि व्यवसायी तथा संरचना बनाएकाहरू सामान सार्न र स्थान खाली गर्न व्यस्त देखिएका थिए ।

उक्त क्षेत्रमा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन निर्माण गरी सरकारी जग्गा उपयोग हुँदै आएको बताइएको छ । उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र हटाएर सार्वजनिक सम्पत्ति संरक्षण गर्ने उद्देश्यले अभियान सुरु गरेको जनाएको छ ।

लामो समयदेखि अतिक्रमणमा परेको अदालतको जग्गा संरक्षणका लागि यसअघि पनि पटक–पटक प्रयास भएपनि कार्यान्वयन हुन सकेको थिएन । यसपटक भने बिहानैदेखि डोजर परिचालन भएपछि क्षेत्रमा चहलपहल बढेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ५५ बजे

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन