सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ « Khabarhub

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव प्रोक्र्युर्मेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरी साइबर ब्यूरोमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको थियो।

त्यही क्रममा काठमाडौं जिल्ला अदालत बाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले दुईजना अभियुक्तलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिराहा घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय स्वदेश पोखरेल र नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय प्रकाश ढुंगाना छन्।

पोखरेल ईन्कोन प्रालिका शेयरधनी तथा लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक छन्।

प्रहरीका अनुसार, उनीहरूले ई-जीपी प्रणालीमा पहुँच पुर्‍याई विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोलिनुअघि नै सम्बन्धित कागजातमा हेरफेर गरेको आरोप छ।

दुवै जनालाई काठमाडौंका पेप्सीकोला र बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो। हाल उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

यस घटनाले सरकारी खरिद प्रणालीको सुरक्षा र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ। यही प्रकरणमा राप्रपा नेता एवम् कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे पनि पक्राउ परेक छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ५७ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी