आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी « Khabarhub

आईपीएल : रिंकु सिंह नायक बनेको खेलको सुपर ओभरमा कोलकाता विजयी


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ । लखनउको घरेलु मैदानमा निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि नतिजा ‘सुपर ओभर’ बाट निकालिएको हो । सुपर ओभरमा लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै कोलकाताले महत्त्वपूर्ण दुई अंक बटुलेको छ ।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको लखनउले दुई विकेट गुमाएर मात्र एक रन जोड्न सक्यो । जितका लागि २ रनको लक्ष्य पाएको कोलकाताका रिंकु सिंहले पहिलो बलमै चौका हिर्काउँदै जित आफ्नो पक्षमा पारेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल खडा गरेको थियो । १५६ रनको लक्ष्य पछ्याएको लखनउले पनि २० ओभरमा ८ विकेट गुमाएर १५५ रन नै बनाएपछि खेल टाइ भएको थियो।

लखनउका लागि अन्तिम ओभरमा जितका लागि आवश्यक रन जोड्न नसक्दा खेल सुपर ओभरमा धकेलिएको थियो ।

कोलकाताको जितमा ‘फिनिसर’ रिङ्कु सिंह नायक बने । उनले ५१ बलमा अविजित ८३ रनको उत्कृष्ट इनिङ्स खेले । ब्याटिङमा मात्र नभई फिल्डिङमा पनि उनले ४ वटा महत्वपूर्ण क्याच लिएर टोलीको जितको आधार तय गरे । रिङ्कु खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।

अंक तालिकाको पुछारमा रहेका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँ बनेको थियो । आठ खेल खेल्दा पाँच अंकसहित कोलकाता आठौँ स्थानमा छ भने समान खेल खेलेको लखनउ चार अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : २८ बजे

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा