चोरको अनौठो सोच : जेलको खाना खान चोरी ! « Khabarhub

चोरको अनौठो सोच : जेलको खाना खान चोरी !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिमका एक ब्यक्तिले जेलमा बसेर खाने र बस्नेको जोहका लागि चोरी गर्ने गरेको पाइएको छ ।

चोरीको मुद्दामा ३ बर्ष कारागारको जेल सजाय भोगेका उनले जेलमा बसेर खाने बस्न सहज बनाउन पुनः पसल चोरी गरेको प्रहरीसँगको बयानमा बताएका छन् ।

जेल बस्न र खानकै लागि चोरी गर्ने व्यक्ति हुन रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.२ रातामाटाका २० बर्षीय राजु परियार ।

उनी अहिले रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नं. १ त्रिबेणी चोक स्थित एक मोवाईल पसल चोरीको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनी यसअघि पनि सदरमुकाम खलंगास्थित एक ब्यक्तिको घरबाट ल्यापटप र नगद चोरीको मुद्दामा ३ बर्ष कैद सजाय भुक्तान गरेर केहि समय अघि मात्र बाहिर आएका थिए ।

पछिल्लो पटकको चोरी घटनामा प्रहरीले अनुसन्धानको क्रममा सोधपुछ गर्दा थुना र कारागारमा हुँदा आफुलाई खान बस्न सहज हुने देखेर जानी जानी पुनः पसल चोरी गरेको बताएका छन ।

उनले मोवाईल पसल तोडफोड गरेर ५ हजार नगद र सरसमान चोरी गरेका छन् । चोरीको अभियोगमा उनलाई खलंगाबाट पक्राउ गरी चोरी तथा डाका सम्बन्धि कसुर मद्दामा अदालतबाट म्याद थपगरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
मेगराज खड्काबाट

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : २३ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी