चोरको अनौठो सोच : जेलको खाना खान चोरी ! | Khabarhub Khabarhub

चोरको अनौठो सोच : जेलको खाना खान चोरी !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिमका एक ब्यक्तिले जेलमा बसेर खाने र बस्नेको जोहका लागि चोरी गर्ने गरेको पाइएको छ ।

चोरीको मुद्दामा ३ बर्ष कारागारको जेल सजाय भोगेका उनले जेलमा बसेर खाने बस्न सहज बनाउन पुनः पसल चोरी गरेको प्रहरीसँगको बयानमा बताएका छन् ।

जेल बस्न र खानकै लागि चोरी गर्ने व्यक्ति हुन रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.२ रातामाटाका २० बर्षीय राजु परियार ।

उनी अहिले रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नं. १ त्रिबेणी चोक स्थित एक मोवाईल पसल चोरीको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनी यसअघि पनि सदरमुकाम खलंगास्थित एक ब्यक्तिको घरबाट ल्यापटप र नगद चोरीको मुद्दामा ३ बर्ष कैद सजाय भुक्तान गरेर केहि समय अघि मात्र बाहिर आएका थिए ।

पछिल्लो पटकको चोरी घटनामा प्रहरीले अनुसन्धानको क्रममा सोधपुछ गर्दा थुना र कारागारमा हुँदा आफुलाई खान बस्न सहज हुने देखेर जानी जानी पुनः पसल चोरी गरेको बताएका छन ।

उनले मोवाईल पसल तोडफोड गरेर ५ हजार नगद र सरसमान चोरी गरेका छन् । चोरीको अभियोगमा उनलाई खलंगाबाट पक्राउ गरी चोरी तथा डाका सम्बन्धि कसुर मद्दामा अदालतबाट म्याद थपगरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
मेगराज खड्काबाट

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : २३ बजे

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने

काठमाडौं– प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु 

रसुवा– नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

बेलायत– गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि…

हुम्ला– कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८

हुम्ला-मुगु लिङ्क रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान

अदानचुली– हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण