विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई « Khabarhub

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई र ओमान भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज ओमान र यूएई भिड्न लागेका हुन् । यो खेल बिहान ९ः३० बजे सुरु हुँदैछ ।

एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो।

पहिलो खेलमा टस हारेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै २०० रन बनाएको नेपालले घरेलु मैदानको फाइदा उठाउँदै ३७ रनको जित निकालेको हो । त्रिवि मैदानमा यूएई र ओमान यो शृङ्खलामा पहिलो प्रतिस्पर्धा गर्दैछन् । ओमानले टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै यूएईले सुरुमा ब्याटिङ गर्दैछ ।

त्रिविमा हुने तेस्रो खेलमा नेपाल र ओमान वैशाख १६ गते बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेलको टिकट खल्ती एपमार्फत् किन्न सकिने क्यानले जनाएको छ ।

लिग–२ को अन्तिम स्थानमा रहेको यूएईले २१ खेल खेल्दा १० अंक जोडेको छ । बलियो अवस्थामा रहेको ओमान भने २४ खेल खेल्दा २९ अंकसहित तेस्रो स्थानमा छ।

विश्वकप लिग–२ मा नेपालले २१ खेल खेल्दा ६ खेलमा जित निकाल्दै १४ अङ्क बनाएको छ । तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : २३ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव