गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु « Khabarhub

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरू  हटाउने अभियान पुनः सुरु गरिएको छ । 

यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएकाले आजदेखि पुनः सुरु गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः भत्काउन थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।

उनले भने,  ‘हामीले शनिबार र हिजो आइतबार राति अबेरसम्म केही ठूला घरहरू भत्कायौँ, तर अझै धेरै संरचना बाँकी थिए । अहिले फेरि निरन्तर रूपमा काम अगाडि बढाएका छौँ ।’ 

गैरीगाउँ क्षेत्रमा दर्जनौँ ठूला स्थायी घर निर्माण गरिएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरीले जनाएको छ । अहिले यहाँ दुई वटा ठूला डोजर तथा हेभी मेसिनको प्रयोग गरेर संरचना भत्काउने काम भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ५३ बजे

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री