अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङको  विराटनगर महानगरपालिका-९ पतञ्जली रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९१ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घर भएका २५ वर्षीय बाबु मिया र भारत बिहार अररिया जोबनी थाना-६ साहपुर घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ कालिन्चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ सय ६६ ग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-११ बस्ने १९ वर्षीय भगीराम जैसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

त्यसतै, सिन्धुलीको कमलामाई नगरपालिका-६ रातमाटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नगद ८ हजार ३ सय ६५ रुपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय शंकर खड्का र सोही नगरपालिका-५ बस्ने ३८ वर्षीय चन्द्र बहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नोर्फिन १ एम्पुल सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २८ वर्षीय रूफस लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०६-००७ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : २२ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी