बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ « Khabarhub

बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशले एक संदिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको सम्भावित आक्रमणको चेतावनीपछि विमानस्थलको सुरक्षा कडा पारेको अधिकारीहरूले सोमबार बताएका छन् ।

बङ्गलादेशको नागरिक उड्डयन प्राधिकरणले प्रहरी मुख्यालयको सतर्कतापछि देशका आठ विमानस्थलहरूमा तीन अन्तर्राष्ट्रिय टर्मिनलसहित थप उपायहरू लागू गरिएको बताएको छ । सीएएबीका अध्यक्ष मुस्तफा महमुद सिद्दिकले ढाकामा पत्रकारहरूसँग भने, ‘हामीले प्रहरी मुख्यालयबाट सुरक्षा बलियो बनाउन आग्रह भएपछि सोही मुताविक काम गरेका छौँ।’

उनले भने, ‘विमानस्थललाई मुख्य नाकाका रुपमा तोकिएको छ र सामान्यतया यहाँको सुरक्षा कडा राखिन्छ, तर पत्र पाएपछि यसलाई थप बढाइएको छ ।’

बङ्गलादेश प्रहरीले गत हप्ता प्रतिबन्धित लडाकू समूहका एक सदस्य दुई पूर्व सैनिकसँग नियमित सम्पर्कमा रहेको बताएको थियो । उक्त आक्रमणकारीले ‘धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ’ प्रयोग गरेर विमानस्थल, संसद् र धार्मिक स्थललगायत प्रमुख प्रतिष्ठानमा आक्रमण गर्नसक्ने बताइएको छ ।

बङ्गलादेशलाई समय–समयमा अल–कायदा र इस्लामिक स्टेट समूहबाट प्रेरित घरेलु लडाकू समूहहरूले निशाना बनाउने गरेका छन् । सन् २०१६ मा ढाकामा एक बेकरीमा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो ।

त्यही समयमा, अल–कायदासँग सम्बन्धित लडाकुहरूले बङ्गलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयसहित धेरै धर्मनिरपेक्ष लेखक र अभियन्ताहरूको हत्या गरेका थिए । सन् २०२१ मा धर्मनिरपेक्षको पक्षमा वकालत गर्दै आएका एक ब्लगरको हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ८ : ०९ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय