आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो « Khabarhub

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ७५ रनमै अलआउट गरेको छ ।

अरुण जेटली स्टेडियम मा टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले सुरुवातदेखि नै दिल्लीमाथि दबाब बनाएको थियो ।

दिल्लीले मात्र ८ रनमै ६ विकेट गुमाएको थियो। त्यसपछि अभिषेक पोरेलले ३० रन बनाए पनि उनलाई अर्को छेउबाट साथ मिलेन । अन्ततः दिल्ली १६.३ ओभरमा ७५ रनमै समेटियो । अब बैंगलोरलाई जितका लागि ७६ रन आवश्यक छ ।

बैंगलोरका लागि जोश हेजलवुड ले ४ विकेट लिए । उनले केएल राहुल, समीर रिजवी, नितीश राणा र अभिषेक पोरेललाई आउट गरे। त्यस्तै भुवनेश्वर कुमार ले ३ विकेट लिए, जसमा साहिल परख, ट्रिस्टन स्टब्स र अक्षर पटेल परे ।

साथै रसिख सलाम दार, क्रुणाल पाण्ड्या र सुयश शर्माले समान १–१ विकेट लिए।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : ४५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच