आज २०८३ साल वैशाख १५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख १५ गते मंगलबारको राशिफल


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख शुक्ल पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२६ अप्रिल २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ। साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ। बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

वृष : शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ। साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सहज छ । बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन्। राज्यको तर्फबाट सहयोग हुँदा सोचेको काम बन्नेछ। आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ। लगानी गर्ने योजना भए हिम्मत गर्दा हुन्छ।

कर्कट : दिन राम्रो छ। आजको निर्णय दीर्घकालीन बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : इज्जत बढ्नेछ। धन आर्जन हुने दिन छ। पूराना मित्रसँगको भेटले मनमा उत्साह थपिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

कन्या : दिन सामान्य छ । मनमा खटपटी बढ्नेछ। आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ। धार्मिक भ्रमणको अवसर मिल्नेछ।

तुला : दिन सहज छ । आज राम्रो अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्छ।

वृश्चिक : शुभ दिन हो । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सरस्वतीको आरधना गर्ने समय छ। जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ। सानो कुराले मन भने चञ्चल हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

धनु : शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ । मन अशान्त बन्नेछ। समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : स्वास्थ्यमा विशेषा ख्याल गर्नुपर्ने दिन छ । सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ। विपक्षी साथीको साथ लिएर राम्रो काम गर्ने हिम्मत गर्नुपर्नेछ। व्यापारमा लाभ हुने योग छ ।

कुम्भ :धार्मिक कार्यमा सहभागी हुनु उिचत हुनेछ । दिन सहज छ। नबुझेको कुरा बुझे भन्ने बानीले समस्या हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नुपर्ने दिन छ। राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : थोरै बोल्नु उचित हुन्छ । हरेक क्षेत्रमा डुब्न लागेको लगानी हात लाग्नेछ। शिक्षा क्षेत्रमा मिहेनतको खाँचो छ। हरेक काममा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ५ : १२ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान