जेन-जी आन्दोलनमा जलेका गाडीको पनि इन्धन लिन्थे कर्मचारी, मन्त्रीले दिइन् कारबाही गर्न निर्देशन « Khabarhub

जेन-जी आन्दोलनमा जलेका गाडीको पनि इन्धन लिन्थे कर्मचारी, मन्त्रीले दिइन् कारबाही गर्न निर्देशन


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

आकाठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा जलाइएका सरकारी गाडीका नाममा समेत कर्मचारीले इन्धन लिइरहेको खुलेको छ।

उक्त कुरा खुलासा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्।

‘जेन-जी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले छानबिनका लागि मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई निर्देशन दिएकी छन् ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी जम्मा २४ वटा गाडी जलाइको थियो।

भदौ २४ गते जलाएर पूर्ण रूपमा क्षति भई कामै नलाग्ने अवस्थामा पुगेका ती सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएको थियो।

जलिसकेका गाडीका नाममा पनि कर्मचारीहरूले बिल बनाएर भुक्तानी लिइरहेको पाइएपछि मन्त्री मेहताले कडा कदम चालेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : ३० बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको