सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ? « Khabarhub

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको छ । पहिलो चरणमा काठमाडौं र भक्तपुरका नदी किनारमा रहेका वस्ती खाली गराइएको हो ।

सरकारले काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा शनिबार बिहान सुरुवाती चरणमा डोजर चलायो । स्थानीयका अनुसार करिब १४३ घरधुरी भएको उक्त बस्ती शान्तिपूर्ण वातावरणमा सोही दिन दिउँसो साढे १२ बजेसम्म खाली भयो ।

सामान व्यवस्थापन तथा सहजीकरणका लागि नेपाल प्रहरी, महानगर सुरक्षा बलदेखि सशस्त्र प्रहरीसम्मको उपस्थिति रह्यो । यसलगत्तै, डोजरसहति उक्त टोली काठमाडौंको मनोहरा नगरपालिका–८ स्थित गोठाटार, बुद्धचोक र ९ स्थित मनोहरा टोलमा पुग्यो ।

बस्ती हटाउने क्रममा शनिबार मनोहरा खोला किनारमा स्थानीय र प्रहरीबीच सामान्य झडप भएको थियो । स्थानीयको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका थिए । सोही क्षेत्रमा आइतबार बिहानैबाट बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएर सोमबारसम्म बस्ती हटाउने काम सम्पन्न गरियो । यस्तै, काठमाडौं महानगरको वडा नम्बर ९ स्थित गैरीगाउँ र ३१ स्थित शान्तिनगर खोला किनारका बस्ती पनि खाली गराइएको छ ।

लामो समयदेखि त्यहाँ बसोबाँस गर्दै आएका नागरिकलाई सरकारले काठमाडौंका विभिन्न लज तथा संघ संस्थामा राखेर व्यवस्थापन गरेको छ । बस्तीमा डोजर लगाएलगत्तै उनीहरुलाई त्रिपुरेश्वरस्थित दशरथ रगंशाला लगेर स्वास्थ्य परीक्षण तथा विवरण संकलन गरिइएको हो । उक्त कार्य अहिले पनि जारी छ ।

पाँच बस्तीबाट विस्थापित ८ सय २२ परिवारका ३ हजार ३ सय ६७सदस्यले विवरण टिपाएका छन् । तीमध्ये १५ सय बालबालिका रहेको रंगशालामा तथ्यांक संकलन गरिरहेको टोलीको रेकर्ड छ । १५ दिनपछि भने उनीहरुलाई उपत्यकामै रहेका ५ सेल्टर होममा स्थानान्तरण गर्ने सरकारको तयारी छ ।

सरकारमाथि यतिबेला सुकुम्बासीका रुपमा नाम टिपाएका ती नागरिकको तथ्यांक प्रमाणीकरण तथा व्यवस्थापनसँगै जीवनयापनको बाटो तय गर्नु प्रमुख दायित्व छ । योसँगै डोजर लगाइएको क्षेत्र सुधारमा पनि सरकार तत्काल लाग्नुपर्ने देखिन्छ । जसका लागि काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले ती क्षेत्रमा तारबारका लागि निर्देशन दिइसकेकी छन् ।

बस्ती हटाउँदै गर्दा सामाजिक सञ्जालमा ती क्षेत्रमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयंले पार्क लगायतका संरचना निर्माण गरिदिएको एआई निर्मित भिडियो सामाग्री भाइरल भइरहेका छन् । यसलाई नागरिकले उनीमाथि राखेको आशा र भरोसाका रुपमा समेत लिन सकिने जानकारहरु बताउँछन् । उसो त जेन–जी आन्दोलनपछि सम्पन्न निर्वाचनको म्यान्डेट अनुसार बनेको शाह नेतृत्वको सरकारलाई नागरिकले सुशासन र देश विकासको संवाहकका रुपमा लिएका छन् । त्यसैले पनि यो सरकारलाई उदाहरणीय काम गरेर देखाउनुको विकल्प छैन ।

सुकुम्बासी बस्तीमा डोजर लगाउँदै गर्दा सञ्जालमा आएका एआई निर्मित भिडियोमा देखाइएको दृश्य यथार्थमा बदलियोस् भन्ने नागरिकको आशा छ । भिडियो सामाग्रीमा देखिएजस्तो पार्क तथा हरियाली निर्माणको काम भने प्रधानमन्त्री शाह स्वयंले भने गर्दैनन् । यसको जिम्मेवारी पाएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सो काम गर्नेछ ।

समितिले २६ जेठ २०६५ सालदेखि काठमाडौं उपत्यकाभित्र बागमती र यसका सहायक नदी नालाहरु सफाइमा काम गर्दै आएको छ । जसमा स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुको जगेर्ना गर्ने गरिन्छ ।

‘यो जोखिमयुक्त बस्तीमा मान्छे राख्न उचित हुँदैन भनेर पहिलो चरणमा खोला करिडोरमा बसेका बस्ती हटाइएको हो । उहाँहरुलाई अहिले विभिन्न ठाउँमा सुरक्षित राखेका छौँ । अब ती क्षेत्रमा समितिले ग्रीन बेल्ट र खुला क्षेत्रको रुपमा विस्तार गर्ने योजना छ,’ काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त जानुका ढकालले भनिन् । यसका लागि समितिले तयारी गरिरहेको उनको भनाइ छ ।

‘अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यसमा पूर्ण रुपमा काम गर्छ, त्यसैले हामी खाली गर्नेमा मात्रै फोकस छौँ । यसको लागि छुट्टै योजना उहाँहरुले बनाइसक्नुभएको छ, त्यो अनुसार काम हुन्छ,’ उनले थपिन्, ‘पहिलो त त्यहाँ ग्रीन बेल्टसहित करिडोर बन्छ । त्यसपछि सम्भव देखिए पार्कहरु निर्माण गरिनेछ ।’

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  २ : ४६ बजे

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय

भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा