ट्रम्पमाथि महाअभियोग अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष | Khabarhub Khabarhub

ट्रम्पमाथि महाअभियोग अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा भइरहेको अनुसन्धानको सार्वजनिक सुनुवाइ  हुने भएको छ ।

अहिले सम्म गोप्यरुपमा हुँदै आएको सुनुवाइ आउँदो हप्ताबाट सार्वजनिक रुपमै सुनुवाइ हुने भएको हो ।

अमेरिकी तल्लो सदनका समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गर्दै आएका छन् ।

ट्रम्पमाथिको महाअभियोगको अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।  सार्वजनिक रुपमा हुने सुनुवाइ विदेश मन्त्रालयका तीन अधिकारी सहभागी हुने छन् ।

तीन संसदीय समितिमा रहेका सांसदहरुले अहिलेसम्म प्रत्यक्षदर्शी वा घटनाबारे जानकार रहेका अधिकारीहरुसँग बन्द कक्षमा जानकारी लिँदै आएका थिए ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन संवादमा पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको खुलेको छ ।

उनले त्यसो नगरे सैन्य सहयोग रोक्ने चेतावनी पनि दिएको आरोप छ । ट्रम्पले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : २१ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि