१२ मिनेटमै इलेक्ट्रिक स्कुटर फूल चार्ज, ९० कि.मि. कुद्ने दाबी  « Khabarhub

१२ मिनेटमै इलेक्ट्रिक स्कुटर फूल चार्ज, ९० कि.मि. कुद्ने दाबी 


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय इलेक्ट्रिक सवारीसाधन उत्पादक कम्पनीले १२ मिनेटमै चार्ज गर्न मिल्ने र माइलेज ९० किलोमिटर दिने दाबी सहित व्याट्री प्याकमा स्कुटर सार्वजनिक गरेको छ । स्कुटरमा प्रयोग भएको ‘क्लिक’ नामक व्याट्रीलाई १२ मिनेटमै फुलचार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

भारतका विभिन्न कम्पनीहरुबीच नयाँ इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलेको छ । यस्तोमा रोवट इलेक्ट्रिक नामक कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले केही दिनअघि सार्वजनिक गरेको उक्त सवारीसाधन २०२० जनवरीदेखि बजार बिक्री सुरु गर्ने जानकारी दिएको छ । रोवेट इलेक्ट्रिकले युवाहरुलाई लक्षित गरेर बजारमा ल्याउने तयारी गरेको इलेक्ट्रिक टु ह्वीलर्समा ४ स्कुटर र एक मोटरसाइकल रहने जनाइएको छ ।

ग्राहकले आफ्नो बजेट, रेन्ज र ब्याट्री क्षमता अनुसार आफ्नो सवारीसाधन किन्न पाउन् भनेर सबै फरक फरक रेञ्जमा स्कुटर ल्याउन लागिएको जनाएको छ । स्कुटर तथा मोटरसाइकलमा लिथियम आयोन, लेड एसिड र प्याटेन्टेड ‘क्लिक’ ब्याट्रीको प्रयोग गरिएको छ ।

कम्पनीले यसरी ल्याएको व्याट्री अप्सनमा सबैभन्दा महंगो लिथियम आयोन व्याट्री प्रयोग गरिएका सवारीसाधन छन् भने सबैभन्दा चाँडो चार्ज हुने क्लिक व्याट्री रहेको छ । यी सबै व्याट्रीको रेञ्ज एक पटकको फुलचार्जमा ९० किलोमिटर रहेको छ ।

नेपालमा भने यी स्कुटर र बाइक छिटो उपलब्ध सम्भावना कम छ । हाल नेपालमा पनि करिब एक दर्जन इलेक्ट्री मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनी संचालनमा रहेका छन्  ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ३१ बजे

शिवपुरी राष्ट्रिय निकुञ्जस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

काठमाडौँ– शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द

सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान

काठमाडौँ – राष्ट्रिय गौरवको सुनकोशी-मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाअन्तर्गत बाँध निर्माणका

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

सुनसरी– सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो

काठमाडौँ – एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको

सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाको शीर्ष नेतृत्वले प्रतिनिधि पठाए, श्रम संस्कृति गएन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा