विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर « Khabarhub

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ३७ रनले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । ओमान भने सोमबार भएको खेलमा यूएईसँग २५ रनले पराजित भएको टिम हो ।

पुरानो प्रतिद्वन्द्वी ओमान

लिग–२ को अघिल्लो चक्रमा सन् २०२० फेब्रुअरीमा ओमानले नेपाल भ्रमण गर्दा नेपाली टोलीको स्वरूप निकै फरक थियो । त्यतिबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालविरुद्ध ओमानले कीर्तिपुरमा ‘क्लिन स्विप’ गरेको थियो । संयोगवश, सोही शृङ्खला नै नेपालको घरेलु मैदानमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।

चार वर्षअघिको त्यो टोलीका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी अहिले पनि टोलीमा छन् । तर, ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले त्यतिबेला डेब्यु गरेका थिएनन् । अहिले नेपाली टोलीको कमान रोहित पौडेलको हातमा छ भने ओमानको नेतृत्व जतिन्दर सिंहले गरिरहेका छन् ।

लिग २ मा नेपाल अहिले २१ खेलबाट १४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्ष चारभित्र रहँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न नेपाललाई बाँकी रहेका १५ खेलमध्ये करिब १२ खेल जित्नुपर्ने दबाब छ । कप्तान रोहित पौडेलले ब्याटिङमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

पहिलो खेलमा यूएईविरुद्ध २०० रन मात्र बनाएको नेपालका लागि ओपनिङ जोडी आसिफ र कुशलको प्रदर्शन निर्णायक हुने देखिएको छ । विशेष गरी घरेलु क्रिकेटमा लयमा देखिएका आसिफबाट टोलीले ठूलो इनिङ्सको अपेक्षा गरेको छ । ओमानका बिलाल खान र कलिमुल्लाहको बलिङ अट्याक नेपालका लागि मुख्य चुनौती बन्न सक्छन् ।

ओमान २५ खेलमा २९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । घरेलु मैदान र दर्शकको साथ पाउँदै आएको नेपाल ओमानसँगको पुरानो हिसाब चुक्ता गर्ने दाउमा हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ६ : ४३ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम