सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू « Khabarhub

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै पनि कागजातमा माननीय भनेर सम्बोधन नगर्न निर्देशन दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई यस्तो निर्देशन दिइएको हो ।

‘रास्वपाका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायत कागजातमा एक रूपता अपनाउन निर्देशन जारी भएको छ’, एक सांसदले भने, ‘आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्नसमेत निर्देशन दलको कार्यालयबाट आएको छ।’

बैठकमा सभापति रवि लामिछानेले अझै धेरै कुरा सिक्न बाँकी रहेको बताउँदै सल्लाहकारहरूको अभ्यास गरेर उनीहरूबाट सुझाव लिन पनि उल्लेख गरेका छन्।

‘हामीले धेरै कुराहरू सिक्न बाँकी छ । तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन भनिएको छ’, रविको निर्देशनबारे ती सांसदले भने ।

रास्वपाले पछिल्लो समय ओखलढुंगाका सांसद विश्वराज पोखरेलसहितले आफूलाई माननीयका रुपमा प्रस्तुत गर्दै विवादमा तानिएपछि यस्तो कदम चालेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म