सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति « Khabarhub

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर अघि बढेपछि विपक्षी दलहरू संगठित भएका छन्।

प्रधानमन्त्री शाहले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै राजनीतिक तरंग ल्याएको छ ।

संवैधानिक परिषद्मा अल्पमतमा रहेका वालेन्द्रले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा तीनजना जुट्दा निर्णय गराउन सक्ने गरी अध्यादेश राष्ट्रपतिकहाँ पठाएका छन् ।

त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसेको हो । यो बैठक अहिले कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ।

बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा सहभागी छन् ।

यस बैठकमा श्रम संस्कृति पार्टीले भने सहभागिता जनाएको छैन । श्रमसंस्कृतिले राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोगमा उपसभामुख पद लिएको छ।

तर उसका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा सरकार र प्रधामन्त्री बालेनको कडा आलोचना गरिरहेका छन् । सुकुम्वासी हटाएको प्रकरणमा त उनी सरकारसँग झनै आक्रोशित छन् । तर पनि उनले आफ्नो पार्टीका कुनै प्रतिनिधि विपक्षी दलको बैठकमा पठाएनन्।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ५४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का