सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा « Khabarhub

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ।

ठेक्का आर्थिक प्रस्ताव खोल्नुअघि नै दस्तावेजहरूमा हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरिएको उजुरीका आधारमा ब्यूरोले मुद्दा दर्ता गरेको थियो।

यस प्रकरणमा मुख्य आरोपितका रूपमा ऋषिकेश गौलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी चितवनको रत्ननगर स्थायी ठेगाना भई हाल काठमाडौं बूढानीलकण्ठमा बसोबास गर्दै आएका थिए।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनलाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।

उनीमाथि हाल विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यस घटनामा संलग्न रहेको आशंका गरिएका अन्य १२ जना निर्माण व्यवसायीसहित कूल १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर सार्वजनिक खरिद प्रक्रियामा गम्भीर हस्तक्षेप गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ०० बजे

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं