मेटामाथि बालसुरक्षा सम्बन्धी ईयूको गम्भीर आरोप, कारबाहीको चेतावनी « Khabarhub

मेटामाथि बालसुरक्षा सम्बन्धी ईयूको गम्भीर आरोप, कारबाहीको चेतावनी


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लन्डन– युरोपेली सङ्घ (ईयू) ले सामाजिक सञ्जाल प्लेटफर्महरूमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न असफल भएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाब बढाएको छ।

युरोपेली आयोगले सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले न्यूनतम उमेर १३ वर्षभन्दा कमका बालबालिकालाई रोक्न प्रभावकारी प्रणाली विकास गर्न नसकेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार, खाता खोलिसकेपछि पनि त्यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने प्रक्रिया पर्याप्त रूपमा कार्यान्वयन नभएको देखिएको छ।

मेटाले आफ्नै नीति अनुसार १३ वर्षमुनिका बालबालिकालाई प्लेटफर्म प्रयोग गर्न अनुमति नदिने भए पनि व्यवहारमा उक्त नियम प्रभावकारी रूपमा लागू नभएको आयोगको ठहर छ। यसले बालबालिकालाई उमेरअनुसार अनुपयुक्त सामग्री र जोखिमपूर्ण डिजिटल अनुभवमा पुर्‍याउने खतरा बढाएको उल्लेख गरिएको छ।

आयोगले यो समस्या केवल पहुँच नियन्त्रणमा सीमित नभई बालबालिकाले प्लेटफर्ममा देख्ने सामग्री र अनलाइन जोखिमको समग्र मूल्याङ्कनमा समेत कमजोरी रहेको बताएको छ।

यो कारबाही युरोपेली सङ्घको डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत अघि बढाइएको हो। उक्त ऐनले ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको सुरक्षा, विशेषगरी नाबालिगहरूको संरक्षणमा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ।

युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनले सन् २०२४ देखि गरिएको अनुसन्धानमा मेटाले आफ्नै नियम कागजमा मात्र सीमित राखेको र व्यवहारमा त्यसलाई लागू गर्न ‘अत्यन्त सीमित प्रयास’ गरेको देखिएको बताए। उनले बालसुरक्षाका नियमहरू व्यवहारमा कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा प्रतिक्रिया दिने अवसर दिइनेछ। अन्तिम निर्णयपछि यदि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने बताइएको छ।

यस विषयमा मेटाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। इयुको यो कदमलाई सामाजिक सञ्जाल कम्पनीहरूमाथि बालसुरक्षासम्बन्धी जिम्मेवारी अझ कडा पार्ने संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ५ : ०४ बजे

अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानीय तहका नदी

याक तथा चौँरी महोत्सव सम्पन्न, रसुवाका किसान उत्साहित

रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक

सुकुम्वासीसँग कुरा गर्नै पत्रकारलाई निषेध, सत्संगका नगरप्रहरी भन्छन्- फोटो, भिडियोले हाम्रो जागिर जान्छ 

खबरहबकर्मी टीम बुधबार दिउँसो सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा पुगेको थियो

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

सुदूरपश्चिम– कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६

भुटानी शरणार्थी क्याम्पमा ‘सुरक्षा शून्यता’ : पुनःस्थापनामा ढिलाइप्रति चर्को गुनासो

मोरङ– पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरीको भुटानी शरणार्थी सुरक्षा बेस