वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने « Khabarhub

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ ।

यसअघि, थापाथली, मनोहरा तथा गैरिगाउँका सुकुम्वासी बस्ती खाली गराएको सरकारले अब काठमाडौंका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको जनाएको छ ।

“काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाहरूका नदीकिनाराका बस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वामा जग्गासमेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमसमेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि मिति २०८३ वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ,” सूचनामा भनिएको छ ।

बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरण कार्यमा प्रहरीको सहायता लिन, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपन्छी चौपाया बाहिर निकाल्न कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १० : १० बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई