ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर) « Khabarhub

ज्याकारण्डा फूलले सुन्दर बन्यो उपत्यका (तस्बिर)


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन्।

शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन्। यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ।

दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ।

ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन। मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे) हरूमार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ११ : २८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म