गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन् « Khabarhub

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू गर्न खोजिएको ‘१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने’ व्यवस्था अव्यवहारिक रहेको बताएका छन्।

सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनी भ्रमणपछि प्रतिक्रिया दिँदै उनले उक्त नियमका कारण स्थानीय नागरिकको दैनिकी कष्टकर बनेको बताए। ‘त्यहाँका नागरिकसँगको अन्तर्क्रियापछि गहिरो छटपटी र आक्रोश लिएर फर्किएको छु,’ उनले भने।

नयाँ नियमका कारण साना सामान बोकेका मजदुरदेखि सर्वसाधारणसम्मले अनावश्यक झन्झट झेल्नुपरेको थापाले बताए।

उदाहरण दिँदै उनले भने, ‘एउटा बिस्कुटको प्याकेटका कारण मजदुर दुई घण्टा रोकिनुपरेको अवस्था छ, नागरिकहरू डरका साथ सीमा पार गर्न बाध्य छन्।’

उनले उक्त व्यवस्था नयाँ नभए पनि अघिल्ला सरकारहरूले यसको अव्यवहारिकता बुझेर कार्यान्वयन नगरेको स्मरण गराए। आफ्नो पार्टी नेतृत्वको सरकारका बेला समेत कानून सुधार गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्दै उनले अब त्यसलाई सच्याउनुपर्ने बताए।

थापाले यो नीति ‘नागरिकमैत्री नभई हेपाहा नीति’ भएको टिप्पणी गर्दै मधेश क्षेत्रको दैनिकीमा प्रत्यक्ष असर परेको उल्लेख गरे। भन्सार विभागबाट समेत उल्लेखनीय राजस्व नउठ्ने स्वीकारिएकाले यस्तो व्यवस्था किन लागू गरिएको हो भन्ने प्रश्न उनले उठाए।

उनले सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन, सीमामा पहिलेको सहज आवतजावत सुनिश्चित गर्न र सीमा क्षेत्रका नागरिकको सम्मान जोगाउन आग्रह गरेका छन्।

यसकाा साथै उनले सीमावर्ती क्षेत्रहरूलाई राष्ट्रको महत्वपूर्ण आर्थिक, सांस्कृतिक र सामाजिक केन्द्रका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ४ : ०० बजे

रोल्पाको थवाङमा जिप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल