भारतमा चीनबाट ल्याइएका नक्कली इन्जेक्सन बरामद « Khabarhub

भारतमा चीनबाट ल्याइएका नक्कली इन्जेक्सन बरामद


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय औषधि नियामकहरूले मोटोपना र मधुमेहको उपचारमा प्रयोग हुने इली लिली कम्पनीको चर्चित औषधि माउन्जारोका २६० भन्दा बढी शंकास्पद नक्कली इन्जेक्सन प्यानहरू बरामद गरेका छन्। हरियाणा राज्यको खाद्य तथा औषधि प्रशासनले नयाँ दिल्लीको बाहिरी क्षेत्रमा एउटा गाडीबाट ती औषधिहरू बरामद गरेको हो । यस घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुले अनुमति बिना नै निजी आवासमा ती नक्कली औषधिहरू उत्पादन र बिक्री गरिरहेको जनाइएको छ ।

अनुसन्धानका क्रममा मुख्य आरोपीले औषधि बनाउन आवश्यक कच्चा पदार्थ चिनियाँ ई-कमर्स प्लेटफर्म अलिबाबाका बिक्रेताहरूबाट अर्डर गर्ने गरेको खुलेको छ। बरामद गरिएका सामग्रीहरूको मूल्य करिब ७० लाख भारतीय रुपैयाँ बराबर रहेको बताइएको छ। पक्राउ परेका व्यक्तिहरूले ती नक्कली प्यानहरूलाई अनलाइन मार्केटप्लेस इन्डियामार्टमार्फत वास्तविक मूल्यमा २७ प्रतिशत छुट दिएर बिक्री गर्ने गरेका थिए।

औषधि नियन्त्रण अधिकारी अमनदीप चौहानका अनुसार बरामद गरिएका प्यानहरू उचित तापक्रममा भण्डारण नगरिएको, अक्षरको आकार (फन्ट) फरक रहेको र लेबलिङमा अन्य त्रुटीहरू भेटिएकाले ती नक्कली भएको आशंका गरिएको हो। बरामद गरिएका नमुनाहरू परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाइएको छ।

भारतमा सन् २०२५ मा सार्वजनिक भएको ‘माउन्जारो’ हाल मूल्यका आधारमा देशकै सबैभन्दा बढी बिक्री हुने औषधि बनेको छ। सन् २०३० सम्ममा भारतको मोटोपना निवारण औषधिको बजार ८० अर्ब भारु पुग्ने प्रक्षेपण गरिएको सन्दर्भमा यस्ता नक्कली औषधिहरूको बिगबिगीले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ५६ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय