मौरिसससँग ऊर्जा आपूर्ति सम्झौता गर्ने भारतको तयारी « Khabarhub

मौरिसससँग ऊर्जा आपूर्ति सम्झौता गर्ने भारतको तयारी


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले मौरिससको ऊर्जा आपूर्तिको अनुरोधलाई सम्बोधन गर्न दुई देशबीच सरकारीस्तरमा (जी-टू-जी) सम्झौता गर्ने तयारी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मौरिससका साथै सेशेल्सबाट पनि उस्तै खालको ऊर्जा आपूर्तिको अनुरोध प्राप्त भएको जानकारी दिए।

भारतले यसअघि नै आफ्ना छिमेकी मुलुकहरू नेपाल, बंगलादेश, भुटान र श्रीलङ्कालाई इन्धन आपूर्ति गर्दै आएको छ भने हालै माल्दिभ्सले पनि यस्तो प्रस्ताव राखेको छ। हिन्द महासागरका टापु राष्ट्रहरू मौरिसस र सेशेल्ससँगको यो नयाँ सहकार्यले यस क्षेत्रमा भारतको बढ्दो प्रभाव र ऊर्जा कुटनीतिलाई थप सुदृढ बनाउने देखिएको छ।

यसैबीच, प्रवक्ता जैसवालले आफ्नो कच्चा तेल आयातको करिब ४० प्रतिशत हिस्सा निर्भर रहने हर्मोज जलसन्धि खोल्ने पहलमा सहभागी हुन बेलायत र फ्रान्सले भारतलाई निम्तो दिएको समेत खुलासा गरे । रणनीतिक रूपमा महत्त्वपूर्ण यो मार्ग सुचारु राख्न अन्तर्राष्ट्रिय पहलमा जोडिनु भारतको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ५ : २० बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय