सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो « Khabarhub

सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा सर्लाही क्षेत्र नम्बर ४ बाट आफू पराजित हुँदा धेरै साथीहरू रोएको बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश सिंहसँग पराजित भएर पनि उक्त क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर काम गरिरहने बिहीबार बताएका छन् ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ४ छाडेर सर्लाही ४ मा उत्रिएका थापा १२ हजार बढी मतले पराजित भएका थिए । उनी त्यसबेला नतिजा नआउँदै काठमाडौं फर्किएका थिए ।

उक्त पराजयपछि पहिलो पटक बुधबार सर्लाही पुगेका उनले उक्त क्षेत्र अन्तर्गत धनकौलमा आयोजित मतदाता धन्यवाद तथा ‘जरा अभियान’ कार्यक्रममा हारको दुखेसो पोखेका हुन् ।

उनले मतदातालाई सम्बोधनका क्रममा आफू हार्दा धेरै नेता-कार्यकर्ता र शुभेच्छुक भावुक भएको पनि बताए । चुनावका क्रममा आफूलाई साथ, सद्भाव र सहयोग गर्ने मतदाता तथा पार्टी कार्यकर्तालाई उनले आभार व्यक्त गरे ।

‘फागुन २१ को चुनावमा म हार्दा धेरै साथीहरू रूनुभयो । मेरा लागि सद्भाव र सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने, ‘हजुरहरूको माया र विश्वासले म रत्तिभर विचलित भएको छैन । सर्लाही ४ को विकास र आगामी जितका लागि सधैँ साथमा हुनेछु।’

थापाले निर्वाचनअघिका प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रको सुधार आफ्नो टोलीले अध्ययन तथा योजना निर्माण अघि बढाइसकेको पनि बताए ।

‘चुनावअघि नै शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रको विकासका लागि मेरो टोलीले अध्ययन-अनुसन्धान सुरु गरिसकेको थियो,’ थापाले भने, ‘अब त्यसैको निष्कर्षका आधारमा यी क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम अघि बढाइनेछ ।’

प्रतिनिधिसभामा निर्वाचित हुन नसके पनि सर्लाही–४ का जनताको प्रतिनिधिका रूपमा आफू निरन्तर सक्रिय रहने उनले बताएका छन् ।

‘आगामी पाँच वर्षसम्म प्रतिनिधिसभामा सांसदका रूपमा नरहे पनि झन्डै २३ हजार मतदाताको विश्वासको सम्मान गर्दै यस क्षेत्रको प्रतिनिधि भएर काम गर्नेछु,’ थापाले भने, ‘म यहाँको भाषा पनि सिक्छु । गाउँ–गाउँ पुगेर मतदातासँग संवादलाई निरन्तरता दिन्छु ।’

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ५ : ५२ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान